निर्वाचन मानवअधिकार मैत्री भएन
मानवअधिकार रक्षक जोखिममा
पाेखरा | मंसिर २४, २०७९
पोखराः गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मानवअधिकार मैत्री नभएको एक कार्यक्रमका वक्ताले बताएका छन्।
७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्की तथा मानवअधिकार एलाइन्स गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्कीको संयुक्त आयोजनामा भएको मानव अधिकारको दृष्टिकोणमा आम निर्वाचन २०७९ बिषक कार्यक्रम वक्ताले उक्त कुरा बताएका हुन्।
सयपत्री समाज कास्की कार्यकारी निदेर्शक गिरिधारी सुवेदीले देशका बिभिन्न ठाउँमा भएका घटनाले त्यो पुष्टी गरे । उनले स्याङजा,वाजुरा र दोलखा जिल्लाहरुमा मतदानको क्रममा भएका बुथ कव्जाले निर्वाचन मानव अधिकार मैत्री नभएको दावी गरे ।
प्रदेश निर्वाचन गण्डकीका हुमनाथ पराजुलीले विगत भन्दा अहिलेको निर्वाचन मानव अधिकारमैत्री भएको बताए ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले निर्वाचन पुर्व, निर्वाचनको बेलामा अनुगमन गरेको बताए ।
यस्तै उनले निर्वाचनमा राजनितिक दलहरुले चार सय ३ ओटा ठाउँमा आचारसंहिता उल्लघन गरेको जनाए । खकुरेलले भए रहित वातावरणमा मतदान गर्न पाउने अधिकार बाट केहि बञ्चित हुन पुगेको बताए ।
नेकपा एमाले जिल्ला कमिटि कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले निर्वाचनामा राज्य सत्ताको चरम दुरुपयोग भएको बताए । कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्दीय उपमहासचिव तिलोत्तम पौडेल,केन्द्रीय सचिव रामचन्द्र पौडेल,जन– आन्दोलन घाइते समन्वयन समितिक कास्कीका अध्यक्ष शेखर गौतम, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदश्य दिलु पौडेल लगाएले बोलेका थिए ।
मानवअधिकार रक्षक जोखिममा
मानवअधिकार रक्षकनै जोखिमा रहेको एक तथ्य बाहिर आएको छ । मानवअधिकार रक्षक र उनीहरुको अधिकार सम्बन्धी एक कार्यक्रम बाट उक्त तथ्य बाहिर आएको हो ।
इन्सेक ,जागृती बाल तथा युवा सरोकार नेपाल ,मानव अधिकार आयोग,गैसस महासघ,महिला मानव अधिकार रक्षक सजाल,एडभोकेसि फोरम,कोपिला नेपाल लगायत को आयोजनामा पोखरामा शुक्रवार आयोजना भएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले मानव अधिकार रक्षक सम्बन्धी दस्तावेजहरु माथि प्रस्ट पारे । उनले मानवअधिकार रक्षकको अवस्थाको वारेमा बताए । खनालले सञ्चारकर्मीहरु लाई बढि जोखिम रहेको बताए।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले स्थलगत रुपमा बिभिन्न ठाउँहरुमा पुगेर तथ्याङ संकलन गरेको बताए । उनले मानवअधिकार रक्षक केहि अवस्थामा जोखिममा रहेको जनाए । यस्तै उनले २८ जना मानवअधिकार रक्षक पिडित रहेको बताए । खकुरेलले मानव अधिकार सम्वन्धी एन आवश्यक रहेकोमा जोड दिए ।
एड्भोकेसी फोरमकी संयोजक कुञ्जनी परियार प्यासीले मनाव अधिकार रक्षकको अवस्थाको बारेमा प्रष्ट पारेकी थिइन् । कार्यक्रममा मानवअधिकार एलाइन्सका रामचन्द्र पौडेल, गैसस महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, जगृति वाल तथा युवा सरोकार केन्द्र नेपालका अध्यक्ष त्रिलोत्तम पौडेल लगाएतले मानवअधिकार रक्षक र उनिहरुको अधिकारको बारेमा बोलेका थिए ।कार्यक्रम अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर गरिएको थियो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

